B.A.LL.B. Semester System Entrance Examination- 2073

Published Date: 2016-12-15


विषय: नतिजा प्रकाशित गरिएको बारे ।

यस संकायद्वारा मिति २०७३ साल मंशिर ११ गते सञ्चालित बी.ए.एल्एल्.बी. सेमेस्टर प्रणालीमा भर्नाको लागि लिइएको प्रवेश परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरुको लिखित प्रवेश परीक्षाको नतिजाको आधारमा कोटा सहित त्रि.वि. का आंगिक क्याम्पसहरु, नेपाल ल क्याम्पस, काठमाडौंको लागि ३५ जनाको १ सेक्सनका दरले तीन सेक्सनका लागि १०५, पृथ्वीनारायण क्याम्पस, पोखराको लागि ३५ र त्रि.वि. को सम्वन्धन प्राप्त क्याम्पस नेशनल ल कलेज, पुल्चोकको लागि ३५ जनाको १ सेक्सनका दरले दुई सेक्सनको लागि ७० गरी जम्मा २१० सिटका लागि मात्र योग्यताक्रम (Merit List) मा रहेका निम्नानुसारका परीक्षार्थीहरुको नतिजा प्रकाशित गरिएको छ । 

१. योग्यताक्रम (Merit List)  मा रहेका परीक्षार्र्थीहरुले सम्वन्धित क्याम्पसहरुले भर्नाका लागि सूचना प्रकाशित गरी तोकेको मितिभित्र आफुले अध्ययन गर्न चाहेको क्याम्पस÷कलेजमा भर्नाको लागि निवेदन दिनुपर्नेछ । सो निवेदन बमोजिम सम्पर्कमा आएका योग्यताक्रम (Merit List)  मा रहेका विद्यार्थीहरु मध्येबाट आफूले भर्ना गर्न पाउने जम्मा सिटसंख्या मध्ये ३५ जना विद्यार्थीहरुको  एक/एक सेक्सन कायम गरी प्रत्येक सेक्सनका लागि खुला तर्फ २४ स्थानमा र निम्नलिखित वर्गका लागि छुट्यार्ईएको ११ स्थानमा सम्वन्धित वर्गका परीक्षार्थीहरु वीचको प्रतिस्पर्धाको आधारमा योग्यताक्रम रहेका परीक्षार्थीहरुको भर्ना क्याम्पसले लिनेछ । वर्गीकृत् समूहमा भर्नाको लागि न्यूनतम ४० अंक प्राप्तगरेका योग्य उम्मेदवार नभएमा योग्यताक्रममा रहेका अन्य विद्यार्थी भर्ना लिनु पर्नेछ ।
क) विदेशी
ख) आदिवासी/जनजाति
ग) महिला
घ) मधेशी
ङ) दलित
च) अपाङ्गता भएका व्यतिm
छ) पिछडिएको क्षेत्र २ (दुई)
२ (दुई)
२ (दुई)
२ (दुई)
१ (एक)
१ (एक)
१ (एक)
जम्मा  ११  (एघार)


नोटः आदिवासी/जनजातिका हकमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा गरिएको वर्गीकरण अनुरुप टप टु बटमको आधारमा भर्ना लिनु पर्नेछ ।

२.विभिन्न वर्गका विद्यार्थीहरुको लागि छुट्याइएको सिटमा प्रवेश परीक्षाको न्यूनतम् ४०५ (चालिस प्रतिशत) अंक प्राप्त नगरेमा वा सो वर्गका विद्यार्थीहरु भर्ना नभई कुनै सिट खाली हुन आएमा योग्यताक्रममा रहेका विद्यार्थीहरुमध्येबाट नै भर्ना लिनुपर्नेछ ।
३. तोकिएको मितिभित्र कुनै विद्यार्थी भर्ना नभई सिट खाली हुन आएमा योग्यताक्रममा रहेका विद्यार्थी मध्येबाट भर्ना लिनुपर्नेछ । 
४. भर्ना हुंदाका समयमा विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र र त्रि.वि. भन्दा बाहिरका शिक्षण संस्थाबाट आएका विद्यार्थीहरुले त्रि.वि.बाट मान्यता प्राप्त भएको समकक्षता ९भत्रगष्खबभिलअभ० प्रमाणपत्र समेत अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
५. भर्ना हुनका लागि पेश गरिएका प्रमाणपत्रहरु नक्कली भएको ठहरिएमा वा पेश गर्नुपर्ने प्रमाणपत्र पेश नभई भर्ना भएको पाइएमा त्यस्तो भर्ना स्वतः रद्द हुनेछ । यसरी खाली हुन आउने स्थानमा योग्यताक्रममा रहेका विद्यार्थीहरुमध्येबाट नै भर्ना लिनुपर्नेछ ।
६. विदेशी विद्यार्थीहरुको लागि छुट्याइएको सिटको हकमा पठनपाठन शुरु भएको मितिले १५ दिन भित्र कुनै विदेशी विद्यार्थी भर्ना हुन नआएमा योग्यताक्रमानुसार भर्ना लिनुपर्नेछ ।
७) सम्बन्धित क्याम्पसहरुले आफूले भर्ना गरेका सम्पूर्ण विद्यार्थीहरुको विवरण अन्तिम भर्ना गरेको मितिले १५ दिनभित्र डीन कार्यालयमा उपलब्ध गराउनु पर्नेछ ।  
८)  कुनै क्याम्पसले नियमानुसार भर्ना नगरेको कुराको उजुरी वा जानकारी डीन कार्यालयलाई प्राप्त हुन आएमा छानबीन गर्ने अधिकार डीन कार्यालयलाई हुनेछ । छानबिनबाट नियम विपरित भर्ना भए गरेको पुष्टि भएमा त्यस्तो भर्ना स्वतः रद्द हुनेछ । यसरी भर्ना रद्द भई रिक्त हुन आएको स्थानमा नियमानुसार भर्नाको लागि डीन कार्यालयले निर्देशन दिनेछ । भर्ना रद्द हुने विद्यार्थीले बुझाएकोे सम्पूर्ण शुल्क सम्बन्धित क्याम्पसले फिर्ता गर्नु पर्नेछ । 
१०) प्रकाशित नतिजामा कुनै त्रुटि भएमा अभिलेख अनुसार सच्चाइनेछ ।
११) यो सूचना www.nlc.edu.np मा पनि हेर्न सकिनेछ ।