Published Date: 2017-01-05
विषयः B.A.LL.B Semester System मा भर्ना सम्वन्धी सूचना ।
त्रि.वि. कानून संकायद्वारा मिति २०७३ साल मंशिर ११ गते बी.ए.एल्एल्.बी., Semester System का लागि लिइएको प्रवेश परीक्षामा सम्मिलित भएका परिक्षार्थीहरुको मिति २०७३ मंसिर ३० गते प्रकाशित नतिजामा योग्यताक्रम र कोटामा नाम प्रकाशित भएका परीक्षार्थीहरु मध्ये यस क्याम्पसमा कोटा सहित १०५ स्थानमा भर्ना हुनका लागि मिति २०७३ पौष २० गते बुधबार दिनको ४ः०० बजे सम्म निवेदन माग भएकोमा तोकिएको समयभित्र प्राप्त निवेदनहरुमध्ये योग्यताक्रम (Merit List) मा रहेका निम्न परीक्षार्थीहरुको नामावली प्रकाशित गरिएको छ ।
१. सि.नं. १ देखि ७२ सम्मका योग्यताक्रम (Merit List) मा रहेका विद्यार्थी, सि.नं. ७३, ७४, ७७, ७८,८१ र ८२ का महिला, वर्गका सि.नं. १०१, ११४, ११५, १२२, १२३ र १६० वर्गका आदिवासी÷जनजाति, सि.नं. ७९, ९६, १०३,१०६,१०८ र १११ का मधेशी, सि.नं. १२८,१४७ र १४९ का पिछडिएको क्षेत्र, सि.नं. १४०, १५९ र १६७ का दलित, सि.नं. ७५, १५० र १७७ का अपाङ्गता भएका विद्यार्र्थीहरुले यहि मिति २०७३ पौष २८ गते बिहिबार भित्रमा भर्ना भैसक्नु पर्नेछ । निर्धारित समय भित्र भर्ना नभएको कारणले कुनै स्थान रिक्त हुन आएमा यसै योग्यताक्रमानुसार भर्ना गरिने छ ।
२. भर्ना हुन आउने विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
४. भर्ना हुनका लागि पेश गरिएका प्रमाणपत्रहरु नक्कली भएको ठहरिएमा भर्ना लिइने छैन । भर्ना लिईसकेको भएमा पनि त्यस्तो भर्ना स्वतः रद्द हुनेछ । यसरी खाली हुन आउने स्थानमा यसै योग्यताक्रमका आधारमा भर्ना लिइनेछ ।
५. विदेशी विद्यार्थीहरुको लागि छुट्टाइएको ६ सिटको हकमा प्रथम सूचिका विद्यार्थीहरु भर्ना हुने मिति भित्र कुनै विदेशी विद्यार्थी भर्ना हुन नआएमा यसै योग्यताक्रमानुसार भर्ना लिइनेछ ।
६. पठनपाठन कार्य यही २०७३ माघ २३ गते आइतबारदेखि दिवा समयमा पूर्णकालिन रुपमा सञ्चालन गरिनेछ ।
७. असी प्रतिशत हाजिरी नपुग्ने विद्यार्थीले वार्षिक परीक्षामा समावेश हुन पाउने छैन ।
८. भर्नाका लागि मिति २०७३ पौष २८ गते बिहिबारसम्म पुतलीसडक स्थित कुमारी वैंक लिमिटेडमा रहेको यस क्याम्पसको वचत खाता न : K42991–C (के ४२९९१–सी) मा शुल्क रु. ५९,१००।— (अक्षरुपी उन्नानसाठी हजार एक सय मात्र) जम्मा गरेको भौचर यस क्याम्पसमा पेश गर्नुपर्नेछ
९. त्रि.वि. रजिष्ट्रेशन शुल्क र परिक्षा शुल्क छुट्टै बुझाउनु पर्नेछ ।
१०. यो सूचना http://www.nlc.edu.np मा पनि हेर्न सकिनेछ ।