नेपाल कानून परिचर्चाको परिचय

नेपाल कानून परिचर्चा नामक त्रैमासिक पत्रिकाको प्रकाशन त्रि.वि.कानून अध्ययन संस्थानबाट २०३४ सालमा थालिएको थियो । जि.का.का.द.नं. ५१–२०३४ मा दर्ता गरी २०३४ वैशाख–असारमा वर्ष १, अंक १ बाट प्रकाशन थालिएको यो पत्रिका वि.सं. २०४२ (स १९८४) मा कानून अध्ययन संस्थान कानून संकायमा रूपान्तरण भएपछि कानून संकाय डीनको कार्यालयबाट प्रकाशन गर्न थालियो । कानून संकाय डीनको कार्यालयमा स्रोत, साधन र बजेटको अभाव खड्किएको कारणले कानून संकाय डीन कार्यालयबाट निरन्तर प्रकाशन हुँदै आई २०४९ सालको आश्विनमा वर्ष ११, अङ्क २, पूर्णाङ्क ४२ प्रकाशन भएपछि यसको प्रकाशन बन्द भयो । त्यसको तीन वर्षपछि २०५२/०५३ बाट अंग्रेजी भाषामा लेखिएका लेखकहरुलाई समेटेर नेपाल ल क्याम्पसले ल्भउब िीबध च्भखष्भध नामको अङ्ग्रेजी पत्रिका प्रकाशन प्रारम्भ गर्‍यो र त्यो निरन्तर रूपमा प्रकाशन भइरहेको छ

सामान्यत: अङ्ग्रेजीका भन्दा नेपाली भाषाका पाठकको सङ्ख्या बढी हुने र त्यस प्रकारको प्रकाशनको माग पनि पहिलेदेखि नै आइरहेको हुनाले सो मागलाई सम्बोधन गर्नको लागि यस क्याम्पसले नेपालीमा पनि एउटा जर्नल प्रकाशन गर्ने निर्णय गर्‍यो । त्यसै सिलसिलामा नयाँ प्रकाशन थाल्नुभन्दा पनि २७ वर्षअघि प्रकाशन बन्द भएको नेपाल कानून परिचर्चालाई नै निरन्तरता दिनु उपयुक्त हुने देखि त्यसलाई नै शोधपत्रिका (जर्नल) का रूपमा प्रकाशन गर्ने निर्णय भएअनुसार वि.सं. २०७६ सालमा नेपाल कानून परिचर्चाको पहिलो अंकको रुपमा प्रकाशन गरी प्रत्येक वर्ष अनुसन्धानात्मक शोध पत्रिका (जर्नल)को रुपमा नेपाल कानून परिचर्चाको प्रकाशन हुँदै आएको छ ।

नेपाल कानून परिचर्चा प्रत्येक आर्थिक वर्षको तीन महिनाभित्रमा लेखकहरु बाट कानूनका विषयमा अनुुसन्धानात्मक लेखहरुको लागि आह्वान गर्ने र समकक्षी पुनरावलोकन पश्चात् प्रकाशन हुँदै आएको छ ।